वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो । 

https://barnanmedia.com/news/detail/195175/

के अब रवि लाछिाने पक्राउ पर्ने हुन् ?

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।  प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि  प्रहरी परिचालन गरिएको हाे। प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। अदालतले आइतबार नै पक्राउ अनुमति नदिएको बुझिएको छ।

 https://barnanmedia.com/news/detail/195289/

दुर्गा प्रसाईंलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

https://barnanmedia.com/news/detail/195292

श्रीलंकाको राष्ट्रपतिमा मार्क्सवादी नेता दिसानायके निर्वाचित

मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन् । ५६ वर्षीय दिसानायके मार्क्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपु¥याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो । र, मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो । पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन् । प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार मत पाएका छन् ।रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन्। उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए ।

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताउनुभएको छ ।  उहाँले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उहाँले मन्त्रालयको वेबसाइटमा भन्नुभयो । 

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीलाइ पोखरा लगिँदै

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन गरेको केही घण्टामा नै आइतबार छविलाल जोशी पक्राउ परे । नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार उनलाई ‘जरुरी पक्राउ पुर्जी’ दिइएको छ । अदालतबाट पक्राउ अनुमति जारी नभएको अवस्थामा अनुसन्धान अधिकृतहरूले जरुरी पुर्जी दिएर आरोपीलाई नियन्त्रणमा लिन्छन् । उनलाई अनुसन्धानका लागि पोखरा लगिँदै छ । बुद्ध एयरको साँझ ८ बजेको उडान मार्फत पोखरा लान थालिएको प्रहरीले जनाएको छ ।

पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले देशको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रकारिता जगत्ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीका मेरुदण्ड भएकाल बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरआँंगनसम्म पु¥याउन सत्तासीन शासन सञ्चालनमा बसेकाहरूलाई घच्घच्च्याएर लोकतन्त्रप्रति जनताको विश्वास  अभिवृद्धि गर्न तपाईंहरूले जिम्मेवार भएर काम गर्नुहुने मेरो विश्वास छ ।”

मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ ।  सङ्ग्रहालयमा थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तथा लोप हुने अवस्थामा पुगेका वस्तुहरु संरक्षण गरेर राखिएका छन् । पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको उक्त सङग्रहालयमा थारू समुदायको जन्म, मृत्यु, विवाहलगायत संस्कारसँग जोडिएका चित्र, मूर्ति, गरगहना, वेशभूषालगायत राखिएका छन् । 

सङ्ग्रहालय पछिल्लो समय थारू कला, संस्कृतिको सोधकर्ताका लागि आकर्षणको थलो बन्दै गएको छ । यहाँ धेरैजसो विद्यार्थीहरु थारू समुदायको संस्कार अध्ययन गर्न आउने गरेका थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो । 

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले राससलाई जानकारी दिनुभयो । “गृहमन्त्रालयसँग सम्बन्धित सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट पत्र प्राप्त भएको छ । त्यसलाई तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेका छौँ,” उहाँँले भन्नुभयो, “प्रहरी प्रधानकार्यालयले प्रतिवेदनका सिफारिस अध्ययन गर्नेछ र सोहीअनुसार कार्यान्वयन प्रक्रियामा अगाडि लैजानेछ ।”

दुर्गा प्रसाईंलाई पक्राउ गर्नु घोर राज्य आतंक हो : डा‍‍. सुनिल शर्मा

नेपाली कांग्रेसका सांसद डा‍‍. सुनिलकुमार शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोमा घोर भत्र्सना गरेका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको भनाई छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थितको निवासमै गएर प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जसअनुसार आज उनी घरबाटै पक्राउ गरेको हो । यसलगत्तै सांसद डा‍‍ शर्माले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो ।

छविलाल जोशी पक्राउ परेपछि रास्वपा केन्द्रीय कार्यालयमा आकस्मिक भेला

राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ।  रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्। रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरू पार्टी कार्यालय बनस्थलीमा छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशङ्का गर्दै रास्वपाले भेला डाकेको हो।

नदीमा डुब्यो स्काभेटर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङस्थित निर्माणाधीन काबेली जल बिद्युत आयोजनाको स्काभेटर अनियन्त्रित भई नजिकै रहेको काबेली नदीमा डुबेको छ। काबेली नदीको माथिल्लो किनारमा काम गर्ने क्रममा बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर काबेली खोलमा डुबेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

 हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताउनुभयो । “साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।” 

दुर्गा प्रसाईंलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ।नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

 बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको  सार्वजनिक गरेको छ । प्रदेशसभा सचिवलायमा मुख्यमन्त्री बहादुरसिंह तामाङले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै  त्यसमा आर्थिक समृद्धि हासिलका साथै विकास पूर्वाधार निर्माणलाई जोड दिइएको बताउनुभयो । पर्यटन क्षेत्रको विकास र सुशासन कायम गर्नेेतर्फ विशेष ध्यान दिने विषय समेटिएका  बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले संसद्मा रहेका विभिन्न दलहरुको भावनालाई समेटेर राष्ट्रिय गौरवको आयोजना, विकासका पूर्वाधार तथा बजेटको बाँडफाँट निष्पक्ष ढङ्गबाट गरिने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो । 

एसियन कराते च्याम्पियनसिपमा एरिकालाई रजत पदक

२०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छिन् ।   चीनको हाङ्जाउमा आज भएको खेलमा ६८ किलो माथिको तौल समूहको फाइनल खेलमा एरिका भियतनामकी नाओन थि नुयेनसँग ६–० अङ्कले पराजित भइन् । यसअघि सेमिफाइनल खेलमा उनले थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । 

के अब रवि लाछिाने पक्राउ पर्ने हुन् ?

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएपछि पक्राउका लागि  प्रहरी परिचालन गरिएको हाे। प्रहरीले रवि लाछिानेलाई पक्राउ गर्नका लागि काठमाडौं जिल्ला अदालतमा अनुमति मागेको छ। अदालतले आइतबार नै पक्राउ अनुमति नदिएको बुझिएको छ। 

एभरेस्ट महिला भलिबल लिग :  भारतकी जुही शाले गण्डकी थन्डर्सबाट भलिबल खेल्ने

 भारतीय महिला भलिबल खेलाडी जुही शाले एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूसीएल) को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सबाट भलिबल खेल्ने भएकी छन् । गण्डकीले शालाई आफ्नो चौथो विदेशी खेलाडीको रूपमा टिममा अनुबन्ध गरेको हो । भारतीय टोलीकी अनुभवी खेलाडीको रूपमा रहेकी शाले नेपालमा पनि भलिबल खेलेको अनुभव छ ।  सेटर शाले भर्खरै मात्र काठमाडौंमा काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । करिब १५ वर्ष लामो भलिबल अनुभव भएकी शाले एभीसी च्यालेन्जर कप, काभा वुमन्स भलिबल लिग खेलेको अनुभव छ । उनले १५ भन्दा धेरै राष्ट्रियस्तरका खेलहरू खेलेकी छन् । 

२१ वर्षीया भारतीय युवतीमाथि सामूहिक बलात्कार, छ जना पक्राउ

रुपन्देहीमा २१ वर्षीया भारतीय युवतीमाथि सामूहिक बलात्कार गरेका छ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिदिएको छ । भैरहवाको होटल अरोमामा गत बिहीबार राति भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षीया युवतीलाई उनकै साथीहरुले सामूहिक जबरजस्ती करणी गरेका हुन् । पीडित युवतीको उजुरीका आधारमा प्रहरीले होटलबाटै उनीहरुलाई पक्राउ गरेको थियो । 

दुर्गा प्रसाईंको पक्षमा नारावाजी गर्ने ४ जना गिरफ्तार

दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । ब्युरोले आइतबार अपरान्ह उनकै निवासबाट  प्रसाईलाई पक्राउ गरेको थियो।उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो । प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा चरीत्र हत्या गरेको मुद्दा छ ।उनलाई अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिनुभएको थियो । आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उहाँले प्रहरीमा उजुरी दिनुभएको हो ।​​​​​​​