श्रीलंकाको राष्ट्रपतिमा मार्क्सवादी नेता दिसानायके निर्वाचित

मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन् ।

५६ वर्षीय दिसानायके मार्क्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपु¥याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो । र, मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गणना गरिएको थियो ।

पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन् । प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार मत पाएका छन् ।रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन्। उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए ।

२०२२ को आर्थिक संकटपछि भएको पहिलो निर्वाचनले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ । दिसानायकेले मुलुकमा व्यापक परिवर्तन ल्याउने, भ्रष्टाचार नसहने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति अवलम्बन गर्ने वाचा गरेका छन् ।

तर, ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेको श्रीलंकाको संकट समाधान गर्न सजिलो नहुने विज्ञहरुको भनाइ छ ।