नदीमा डुब्यो स्काभेटर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङस्थित निर्माणाधीन काबेली जल बिद्युत आयोजनाको स्काभेटर अनियन्त्रित भई नजिकै रहेको काबेली नदीमा डुबेको छ।

काबेली नदीको माथिल्लो किनारमा काम गर्ने क्रममा बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर काबेली खोलमा डुबेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

स्काईभेटर चालक स्थानीय अन्दाजी २४ वर्षीय निकेत भट्टराई स–कुशल रहेको र नदीमा आधा डुबेको अवस्थामा रहेको स्काईभेटर निकाल्ने प्रयत्न भइरहेको प्रहरीले बताएको छ।