२१ वर्षीया भारतीय युवतीमाथि सामूहिक बलात्कार, छ जना पक्राउ

रुपन्देहीमा २१ वर्षीया भारतीय युवतीमाथि सामूहिक बलात्कार गरेका छ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीले अनुसन्धानका लागि सात दिनको म्याद थप गरिदिएको छ ।

भैरहवाको होटल अरोमामा गत बिहीबार राति भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षीया युवतीलाई उनकै साथीहरुले सामूहिक जबरजस्ती करणी गरेका हुन् । पीडित युवतीको उजुरीका आधारमा प्रहरीले होटलबाटै उनीहरुलाई पक्राउ गरेको थियो । 

पक्राउ परेकामा भारतको महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खाँन, ३७ वर्षीय अफरोज समी, २७ वर्षका सालु खान र गोरखपुरका २७ वर्षीय बब्लु खाँन हुन् । नेपालीहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका २५ वर्षे अकबर खाँन र ३२ वर्षीय साहरुख तेली पक्राउ परेका छन् ।