दुर्गा प्रसाईंको पक्षमा नारावाजी गर्ने ४ जना गिरफ्तार

दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

ब्युरोले आइतबार अपरान्ह उनकै निवासबाट  प्रसाईलाई पक्राउ गरेको थियो।उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो । प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा चरीत्र हत्या गरेको मुद्दा छ ।

उनलाई अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिनुभएको थियो । आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उहाँले प्रहरीमा उजुरी दिनुभएको हो ।