भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या , फ्रीजमा सडेको अवस्थामा भेटियो शव

भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या भएको छ । टाइम्स अफ इन्डियाकाअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको हो ।

महालक्ष्मीको शरीरलाई ३० भन्दा बढी टुक्रा गरेर फ्रीजमा राखिएको थियो । उनी व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा बस्थिन् । उनी त्यही भवनको भुइँ तल्लामा बस्ने भवन मालिक जयरामसँग एक बेडरूमको आवासमा एक्लै बस्थिन् ।

महालक्ष्मीका आमा र बुवा दुई दशकअघि भारतमै बसोबार गर्दै आएका थिए । शनिबार एक छिमेकीले मालिक जयरामलाई उनको भवनबाट दुर्गन्धको बारेमा सचेत गराएका थिए । त्यसपछि जयरामले अर्को घरमा बस्ने महालक्ष्मीकी आमा र दिदीलाई फोन गरेर महालक्ष्मीलाई जाँच गर्न भने । त्यसपछि उनीहरूले अगाडिको ढोका बाहिरबाट बन्द गरेको पाए । ढोका फोडेर हेर्दा भुइँमा किराहरू थिए । फ्रीजबाट चर्को गन्ध आएपछि खोलेर हेर्दा त्यहाँ सडेको अवस्थामा शवका टुक्रा थिए ।

छिमेकीहरूका अनुसार महालक्ष्मी पाँच महिनादेखि त्यहाँ बस्दै आएकी थिइन् । सुरुका दिनहरूमा उनका जेठा दाजु पनि उनीसँगै बस्थिन् । बच्चासहित बस्दै आएकी महालक्ष्मी केही समयअघि श्रीमान्‌सँग अलग भएकी थिइन् । प्रहरीले एक वा बढी हत्यारा थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ । पश्चिमाञ्चल महाशाखाका एसीपी सतीश कुमारले अनुसन्धान लामो समयसम्म हुनेसक्ने जानकारी दिए

प्रहरीका अनुसार महालक्ष्मीको मोबाइल फोन स्वीचअफ भएको दिन सेप्टेम्बर २ वा पछि हत्या भएको हुन सक्छ । उनीहरूले कल रेकर्ड जाँच गरिरहेका छन् । “यो अचम्मको कुरा हो कि उनको परिवारका कुनै पनि सदस्यले उनलाई यति लामो समयसम्म सम्पर्क गर्न खोजेनन् । हामी उनीहरूलाई यस बारे सोध्नेछौँ,” एक अधिकारीले भने ।

No photo description available.