एमालेमा काण्डै काण्ड, फेरि चुम्बनकाण्ड बाहिरियाे

सत्तारूढ दल नेकपा (एमाले) की प्रतिनिधिसभा सचेतक सुनिता बरालको विवाहित पुरुषसँग चुम्बनलगायतका प्रेमालाप गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । सार्वजनिक तस्वीरमा सुनिताले एक पुरुषसँग चुम्बन, अङ्कमाललगायतका प्रेमालाप गरिरहेको देख्न सकिन्छ । कतिपय तस्वीर सुनिता आफैँले खिचेकी छन् भने कतिचाहिँ ती पुरुषले खिचेका छन् ।

तस्वीरमा सुनिता र ती पुरुष भिन्न-भिन्नै पोज र ड्रेसमा देखिन्छन्, त्यहाँबाट के पुष्टि हुन्छ भने उनीहरूले छुट्टाछुट्टै भेटमा यी तस्वीर खिचेका हुन् । ती तस्वीरबाट तीनवटा टिकटक भिडिओ बनाइएको छ । देखिएअनुसार ती भिडिओ ‘बिनी डट कार्की शून्य’ टिकटक अकाउन्ट ह्यान्डलबाट सार्वजनिक भएका छन् । तर, अहिले भने उक्त अकाउन्ट ह्यान्डल उपलब्ध छैन । हुनसक्छ, भिडिओ सार्वजनिक गरिएपछि उक्त अकाउन्ट ह्यान्डल डिएक्टिभ पारिएको हो ।

ती पुरुष गुल्मी स्थायी घर भएका पूर्वपत्रकार जितेन्द्र जीसी हुन् । उनी अहिले अमेरिकामा भएको बताइएको छ । उनी विवाहित र बालबच्चाका बाबु हुन् । सुनिता भने अविवाहित हुन् । उनी यसअघि एमाले भातृसङ्गठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष थिइन् । अध्यक्ष हुँदै केन्द्रीय सदस्य मनोनीत भएकी उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनिन् । यसपछि उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचेतक बनाएका थिए ।

तर, अहिले यी तस्वीर सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ । पार्टीका एक पदाधिकारीले सचेतक सुनिताको तस्वीरबारे सत्यतथ्य बुझ्ने र आवश्यक परे कारबाही गर्ने बताए । नाम उल्लेख नगर्ने सर्तमा ती पदाधिकारी भन्छन्, “सुरुमा त के हो भन्ने कुरा आउँछ । बुझ्छौँ, त्यसमा उहाँ (सचेतक सुनिता बराल) दोषी ठहरिनुभएछ भने पार्टीभित्र छलफल गरेर कारबाही गर्ने काम हुन्छ ।” यसबारे बुझ्न सुनितालाई पटक-पटक फोन गर्दा रिसिभ भएन ।