बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय किरोशलाई ८ वर्ष ८ महिना कैद

बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले १६ वर्षीय किरोशलाई ८ वर्ष ८ महिना कैद गर्ने फैसला भएको छ।

जिल्ला अदालत धादिङका न्यायाधीश गोपालप्रसाद बास्तोलाको भदौ ३१ गतेको इजलासले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय किशोरलाई ८ वर्ष ८ महिना कैद गरी ३ लाख ४१ हजार १ रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो ।

उक्त जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन भनिएको छ ।

पीडितलाई दिनुपर्ने रकम अदालतमा ३ महिना भित्र नगद जम्मा गरेमा कसुरदारलाई चार वर्ष मात्र कैद गर्न र बाँकी कैद स्थगन गर्नका लागि फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी कविता प्रजापतिले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा साउन १७ गते दर्ता भएको मुद्दाका कसुरदारलाई साउन १८ गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृह पठाएको थियो ।पीडितलाई ०८१ जेठ २१ गते बलात्कार गरेको भन्दै उजुरी परेपछि साउन ११ गते बालकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।