दुर्गा प्रसाईलाई पक्राउ गर्न पुगे साइबर व्युरोका प्रहरी

 पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड सी मेडिकल कलेजका सन्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर व्युरोका प्रहरी उनको निवास पुगेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी अहिले प्रसाईलाई पक्राउ गर्नका लागि पुगेका हुन् ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।