साताको पहिलो कारोबार दिन : नेप्सेमा सामान्य वृद्धि, ५ अर्बमाथिकाे कारोबार

साताको पहिलो कारोबार दिन आइतबार निष्प्रभावी देखिएको छ । आज दिनभरि ‌ओरालो लागेर अन्तिम केही मिनेटमा सामान्य वृद्धि भएर बजार बन्द भएको छ ।

कारोबार सुरु भएलगत्तै बिहान ११ बजे ४१ अंकले बढेको बजार ४ मिनेटमै ओरालो लागेको थियो । त्यसपछि घट्दै गएको नेप्से परिसूचक अन्तिममा ११.५८ अंकले बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ४.५०, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८५ अंकले बढेको छ ।

आज पाँच उपसमूहको शेयर घटेकोमा अन्य ८ उपसमूहको भने वृद्धि भएको छ । यसदिन फाइनान्स, होटल तथा पर्यटन, उत्पादन, लघुवित्त र म्युचुअल फण्डबाहेक अन्य उपसमूहको शेयर बढेको छ ।

यसदिन इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्जे हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । रावा इनर्जीका लगानीकर्ताले सर्वाधिक ८.६५ प्रतिशत गुमाएका छन् ।

आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ६६ करोडको  शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९ करोडको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर कारोबार भएको छ ।