एआईजी ज्ञवालीसहित ५ जना अधिकृतहरूले लिए सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता

नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन्।

उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका छन्। प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ। उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए।

सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको डीआईजी राजेशनाथ बास्तोलाले बताए। उनले भने, ‘निवेदन फिर्ता लिएका छौँ ।’

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन्। श्यामलाल ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन्। 

सीमित कर्मचारीको घेराभित्रबाट चल्दा प्रधानन्यायाधीश श्रेष्ठको कार्यकाल विवादित, अझै न्यायाधीश नियुक्तिको जोडबल

सीमित कर्मचारीको घेराभित्रबाट चल्दा प्रधानन्यायाधीश श्रेष्ठको कार्यकाल विवादित, …

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…