विमानस्थलमा ढलेका एक युवककाे मृत्यु

 धनगढी विमानस्थलमा ढलेका गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौँ जानका लागि विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका(२ का ५० वर्षीय शेरबहादुर बोहोरा ढलेका थिए ।

ढलेर बेहोस भएका उनलाई माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।