एक दर्जन नेताहरु लिएर चीन उडे स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको एक टोली चीन भ्रमणमा लागेका छन् ।

गएराती ७ जना सांसहिसहित १४ जनाको टोली चीन उडेको हो । टोलीका अन्य सदस्यमा प्रतिनिधिसभा सदस्यहरु शिशिर खनाल,डा. तोसिमा कार्की,मनिष झा,असिम साह,शिव नेपाली,गणेश पराजुली छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरु बासुमाया तामाङ,निशा मेहता,पुकार बम,लिमा अधिकारी, प्रकाश विष्ट,तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ पनि टोलीमा छन् ।

भ्रमणका क्रममा टोली चीनका छेङ्दु,चोङकिङ र बेइजिङमा पुग्नेछ। त्यहाँ केही सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउने, केही केही विश्वविद्यालयको भ्रमण गर्ने र केही ‘इनोभेसन ल्याव’हरुको अवलोकण गर्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका लागि ६ महिनाअघि नै निम्तो आएको भए पनि संसद चालु रहेकाले आउन नसकिने भन्दै रास्वपाले त्यसलाई केही समय थाँती राखेको थियो।