क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने रामहरि भण्डारी छन् ।

३४ वर्षीय भण्डारीले दुई जना पीडितबाट १८ लाख ३५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

आरुघाट नगरपालिका वडा नम्बर–१० घर भएका भण्डारीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।