नयाँ वायुसेना प्रमुख बन्दै एयर मार्सल अमरप्रित सिंह

भारतीय वायुसेनाको आगामी प्रमुख एयर मार्सल अमरप्रित सिंह हुनेछन्। उनले यही सेप्टेम्बर ३० मा पदभार ग्रहण गर्नेछन्।

रक्षा मन्त्रालयका अनुसार अमरप्रित सिंहले एयर चिफ मार्सल विवेक राम चौधरीको स्थान लिनेछन्।रक्षा मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेअनुसार अमरप्रित सिंहसँग ५ हजार घण्टाभन्दा बढी उडानको अनुभव छ।

अमरप्रित सिंह डिसेम्बर १९८४ मा भारतीय वायुसेनाको फाइटर पायलट स्ट्रिममा कमिसन भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार २७ अक्टोबर १९६४ मा जन्मेका उनी एक योग्य उडान प्रशिक्षक हुन्।