वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रविविरुद्धको सहकारी ठगी फाइल अघि बढ्यो, धनराजमाथि कहिले हुन्छ छानबिन ?

रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको अनुसन्धान अघि बढेको छ।  संसदीय छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पुगेको छ। एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि, अध्यक्ष जिबी राई, छविलाल जोशी र कुमार रम्तेलविरुद्ध थप अनुसन्धान गरी कारबाही अगाढि बढाउन भनेको थियो। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीलाई फाइल पठाउने तयारी गरेको हो।

https://barnanmedia.com/news/detail/195017/ 

घर जाने बेला प्रधानन्यायाधीश श्रेष्ठ बारसँग किन सिँगौरी खोज्दै छन् ?

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाशको मुखमा पुगिसकेका मात्र होइन, उनका उत्तराधिकारीका रूपमा प्रकाशमानसिंह राउत संवैधानिक परिषद्बाट सिफारिस भइसके । राउतका विषयमा संसदीय सुनुवाइ समितिले सार्वजनिक रुपमा उजुरी आह्वान गर्दै सूचनासमेत प्रकाशित गरिसक्यो । अर्थात् उनी अब संसदीय परीक्षणको घेरामा प्रवेश गरिसके । उनले अहिलेसम्मको कामकारबाही हेरी आमनागरिकले आफूसँग भएका कुनै गुनासा भए उजुरीका रुपमा दिन पाउँछन् । संसदीय सुनुवाइ नसकिएसम्म राउतका लागि यो मौन अवधि नै हो । 

https://barnanmedia.com/news/detail/195023/ 

अरु ‘क्लिन चिट’ अरु सहकारीलाई कहिले सरकार ?

सहकारीको रकम ठगीमा संसदीय छानविन समितिले रवि लामिाछाने एण्ड कम्पनीलाई ‘क्लिन चिट’ दिएको लामिछाने एण्ड कम्पनीबाटै सार्वजनि भइनसक्दै प्रहरी र सरकारी वकिल पुरक अभियोगपत्र लिएर अदालत जानै लाग्दा अरु सहकारीका संचालकलाई पनि यस्तै ‘क्लिन चिट’ कहिले होला भनेर सर्वसाधारण पर्खाइमा छन् । एमाले सांसद सूर्य थापा नेतृत्वको छानविन समितिको प्रतिवेदन सार्वजनिक नहुंदै ‘क्लिन चिट’ ‘क्लिन चिट’ भन्दै चारहात माथि उफ्रिदै चिच्याउने लामिछाने एण्ड कम्पनीले अरु सहकारी ठहरुलाई समेत उत्साहित बनाएको छ ।

सहकारी ऐनको दफा ५१ ले स्पष्ट रुपमा सदस्यकेन्द्रित क्रृण तथा कारोबार हुनुपर्ने व्यवस्था गरेकोमा हाल सहकारीहरुले बैंकको जस्तो क्रृण प्रवाह गर्ने तथा कसैले कसैलाई उत्तरदायी नबनाउने अवस्थाका कारण सहकारी कारोबार भयावह अवस्थामा छ । कम्पनीमा लगानी गर्ने वा कसैलाई विना धितो दिने कार्य त कुनैपनि हालतमा पत्याउन समेत सकिने अवस्था छैन । 

https://barnanmedia.com/news/detail/195061/ 

अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने

 अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते उनले प्रस्तुति दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ । एलओडीका संचालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिएका छन् । कार्यक्रममा क्लबले भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरेकाे उनले बताए । 

आतिशीले छोइन् केजरीवालको खुट्टा

दिल्ली सरकारको नेतृत्व आज (सेप्टेम्बर २१) देखि आतिशीको हातमा आइसकेको छ। आतिशीले आज दिल्लीको तेस्रो महिला मुख्यमन्त्रीका रूपमा शपथ खाएकी हुन्।  भारतीय सञ्चारमाध्यमका अनुसार भारतको केन्द्रीय राजधानीमा मुख्यमन्त्रीको पद सम्हाल्ने तीन महिला मुख्यमन्त्रीमध्ये उनी सबैभन्दा कम उमेरकी महिला मुख्यमन्त्री बनेकी छन्। आतिशीलाई दिल्लीको आठौँ मुख्यमन्त्रीको रूपमा लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले शपथ खुवाएका हुन्।  आतिशी मुख्यमन्त्रीको शपथ खान नीलो साडी लगाएर राजनिवास पुगेकी थिइन्। आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि उनीसँगै राजभवन पुगेका थिए। केजरीवाल पनि नीलो सर्टमा देखिएका थिए। शपथ खाएपछि आतिशीले केजरीवालको खुट्टा छोएर आशीर्वाद लिएकी थिइन्। यस कार्यक्रमअघि आतिशी केजरीवाललाई भेट्न मुख्यमन्त्रीको निवास पुगेकी थिइन्।

केएमसी र नोबेल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको बरहथवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको बरहथवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । बरहथवा नगरपालिकाको जनतामा माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ७७५ जनाले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीमध्ये १३७ जनाको ईसीजी, ९३ जनाको ईको तथा १३४ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै १५९ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको दाहालको भनाई छ ।

इङलिश प्रिमियर लिग : वेस्टह्याममाथि चेल्सीको फराकिलो जित

चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई गोल गरेका थिए भने उनले एक गोल असिस्ट पनि गरेका थिए । त्यस्तै कोल पाल्मरले एक गोल गरेका थिए । यो यस सिजनमा चेल्सीको यो तेस्रो जित हो । चेल्सीको यो खेलपछि ५ खेलमा १० अंक भएको छ । त्यस्तै वेस्ट ह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । वेस्ट ह्यामको ५ खेलमा ४ अंकल रहेको छ ।

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको प्रकोप

रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् ।  सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरू गरेका छन् ।  पछिल्लो २४ घण्टामा ४४ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेङ्गु को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

रास्वपाको जम्बो टोली किन जाँदै छ चिन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ। उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार मध्यराती चीन प्रस्थान गर्न लागेको हो। पार्टीका १४ जना नेताहरु ९ दिने भ्रमणका लागि चीन जान लागेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए। चीन भ्रमणका लागि ६ महिनाअघि नै निम्तो आएको भए पनि संसद चालु रहेकाले आउन नसकिने भन्दै रास्वपाले त्यसलाई केही समय थाँती राखेको थियो। अहिले समय मिलेकाले चीन जान लागेको झाले बताए। वाग्ले नेतृत्वको टोलीमा शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली,बासुमाया तामाङ, निशा मेहता, पुकार बम, लिमा अधिकारी, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन्।

कांग्रेस–एमाले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको छ : देउवा

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन्। सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो।शनिबार काभ्रेको धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताए। "एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो। दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई। तर प्रतिष्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन।" उनले भने। 

बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूला दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिद्वारा बडादशैँ, दीपावली, नेपाल सम्वत, छठ पर्वलगायत उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले बहुमत नभएको अवस्थामा जसले लोकप्रीय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थीर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रम बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थीर प्रधानमन्त्री रहनेगरी संविधान संशोधन गर्न आवश्यक छ ।”

शङ्कास्पद रूपमा रोकिएको अटोबाट लागूपदार्थ बरामद

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको वडा कार्यालय नजिकै शङ्कास्पद रूपमा रोकिएको अटोबाट प्रहरीले चेकजाँच गर्दा लागूपदार्थ जस्तो देखिने सेतो पदार्थ बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट वीरेन्द्रनगर नगरपालिका–९, लाईटीकोइलीका २३ वर्षीय रोहन सुनारलाई नियन्त्रणमा लिएको छ। सुर्खेत प्रहरीका अनुसार सुनारको शरीर खानतलासी गर्दा ८० मिलिग्राम हाईट सुगर जस्तो देखिने लागूपदार्थ बरामद गरिएको हो। प्रहरीले हाल सुनारमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सुनारलाई नियन्त्रणमा लिइएको बताए। 

‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

 विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न  जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ ।  नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही सिफारिस गरिएकाले सोहीअनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो । संसदीय समितिको प्रतिवेदनले धेरै कुरा प्रष्ट पारिसकेकाले अब सभापति लामिछाने र उहाँ पक्षधरले गलत कुराको वकालत गर्न जरुरी नरहेको प्रधानको भनाइ छ । “लामिछानेका बारेमा प्रतिवेदनले स्पष्ट रूपमा कारबाही सिफारिस गरेको छ ।

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।  सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा हुनुहुन्छ । सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उहाँमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको थियो । 

मुकेश अम्बानीले भारतको सबैभन्दा महँगो निजी विमान खरिद गरे

भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी, जसको कुल सम्पत्ति १००० अर्ब डलर भन्दा बढी छ । आफ्नो निजी विमान बेडामा थप्दै बोइङ बीबीजे ७३७ म्याक्स ९ जेट खरिद गरेका छन्। मिडियामा आएका खबरहरू अनुसार यो विमानको अनुमानित मूल्य १००० करोड रूपैयाँभन्दा बढी रहेको छ ।  जसले यसलाई भारतमा हालसम्म खरिद गरिएको सबैभन्दा महँगो निजी विमानको रूपमा चिनाएको छ। यो विमानको आधार मूल्य मात्र करिब ९८९ करोड रुपैयाँ  हो। तर, यसमा थपिएका कस्टम मोडिफिकेसन र केबिन सुधारले यसको मूल्यलाई उल्लेखनीय रूपमा वृद्धि गरेको छ। 

आफ्नै घाँटी काटेर आत्महत्याको प्रयास

कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका–३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन।चक्कुले आफ्नै घाँटी र हात काटेका ओड गम्भिर घाइते भएका छन्। उनलाई अहिले उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए।

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै

खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रता दिएको बताएका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित 'सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति' को २२औँ वार्षिक साधारण सभामा मन्त्री यादवले संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्दै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको बताए।

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै

खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रता दिएको बताएका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित 'सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति' को २२औँ वार्षिक साधारण सभामा मन्त्री यादवले संस्थाको महत्त्वपूर्ण भूमिका र योगदानको प्रशंसा गर्दै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको बताए।  'सफा, सुरक्षित र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो। मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ। हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ,' उनले भने।

दिल्लीको मुख्यमन्त्रीका रूपमा आप नेता अतिशीद्वारा सपथ ग्रहण

 आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार राज निवासमा आयोजित समारोहबीच दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनुभएको छ ।  आपका नेताहरू सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र मुकेश अहलावतले पनि आतिशी नेतृत्वको दिल्ली सरकारमा मन्त्रीपरिषद्को सदस्यका रुपमा सपथ लिएका छन् । सुष्मा स्वराज र शीला दीक्षितको पाइला पछ्याउँदै ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुभएको हो ।  आम आदमी पार्टीकी एक प्रमुख नेता आतिशीले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रूपमा रहँदा दिल्लीका सरकारी विद्यालयहरूमा शिक्षा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

बाँकेको खजुरामा मानिसमाथि आक्रमण गर्ने बाघको खोजी गर्न हात्तीसहितको टोली परिचालन

बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ ।   ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् ।  बाघको खोजीका लागि डिभिजन वन कार्यालय बाँके र बर्दियाको २ वटा खोरसहित प्राविधिक टोली जङ्गली क्षेत्रमा बाघको खोजीका लागि परिचालन भएको छ ।  बाघको खोजीका लागि वन क्षेत्रमा क्यामेरा समेत जडान गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘जङ्गलका विभिन्न स्थानमा बाघका पाइला पहिचान गरिएको छ, तीन दिनदेखि खोजी कार्य जारी छ ।

बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव

बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ । ​​​​​​​ ईलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार बाँके राष्ट्रिय निकुञ्जका २ वटा हात्तीसहित सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाघको खोजीमा जुटेका छन् ।  बाघको खोजीका लागि डिभिजन वन कार्यालय बाँके र बर्दियाको २ वटा खोरसहित प्राविधिक टोली जङ्गली क्षेत्रमा बाघको खोजीका लागि परिचालन भएको छ ।  बाघको खोजीका लागि वन क्षेत्रमा क्यामेरा समेत जडान गरिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘जङ्गलका विभिन्न स्थानमा बाघका पाइला पहिचान गरिएको छ, तीन दिनदेखि खोजी कार्य जारी छ ।’

सिंगो देश झापाली एमालेले चलाइरहेका छन् : कृष्ण सिटौला

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरुले देश बनाउन नसक्ने बताएका छन् । कांग्रेस झापा-काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने बाटोको अगुवाइ कांग्रेसले बाहेक अरुले गर्न नसक्ने बताए । उनले भने, ‘देश बनाउने कांग्रेसले नै हो । झापाका प्रधानमन्त्री एमालेको हुनुहुन्छ । सभामुख र मुख्यमन्त्री एमालेको हुनुहुन्छ । भौतिक पूर्वाधारमन्त्री पनि एमालेको हुनुहुन्छ । हाम्रो पार्टीको पावर भनेको महामन्त्री संगठनको हिसाबले हुनुहुन्छ । हाम्रो एउटा प्रदेशको राज्यमन्त्री बन्नुभएको छ । झट्ट हेर्दा त देशकै पावर त झापामा एमालेसँग छ ।’

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन पद तथा गोपनीयताको शपथ

भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी उनले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन।आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन्।

तिहाड जेलबाट रिहान हुने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए।आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।

सलमान खानलाई दुबईमा हेर्नको लागि फुयानको ठूलो भीड
 

बलिउड अभिनेता सलमान खान हाल दुबईमा छन् । उनलाई दुबईमा हेर्नको लागि फुयानको ठूलो भीड लागेको छ ।अभिनेता खानलाई हेर्न आउने भीडलाई नियन्त्रण गर्नको लागि समस्या नै भएको छ । उनलाई हेर्न आउने भीडबाट पनि उनी कतिको लोकप्रिय अभिनेता हुन् भन्नेबारे स्पष्ट भएको छ ।उनलाई भेट्न वा हेर्नका लागि फ्यानहरु निकै उत्साहित बनेका छन् । सो भीडका बीचबाट अभिनेता सलमान खानलाई उनको बडीगार्डले निकै सकसपूर्ण रुपमा निकाल्न सफल भएका थिए ।