अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने

 अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते उनले प्रस्तुति दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।

एलओडीका संचालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिएका छन् । कार्यक्रममा क्लबले भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरेकाे उनले बताए । 

भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोही दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंह ले बताए ।