आफ्नै घाँटी काटेर आत्महत्याको प्रयास

कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका–३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन।

चक्कुले आफ्नै घाँटी र हात काटेका ओड गम्भिर घाइते भएका छन्। उनलाई अहिले उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए।

शनिबार आफ्नै घाँटी र हात काटेर घाइते भएका ओडलाई टीकापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको हो। घटनाको कारण खुलेको छैन। घाइते ओडको मानसिक सन्तुलन ठिक नभएको खुलेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।