दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन पद तथा गोपनीयताको शपथ

भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी उनले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन।आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन्।

तिहाड जेलबाट रिहान हुने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए।आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए।