दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अगाडी खुल्ने

दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अगाडी खुला गरिने भएको छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

स्वाँरले भने ‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ  सडकहरू मर्मतको काम सकिएपछि अग्रिम टिकट बुकिङ खुला गछौँ ।’