अभिनेता बुद्धि तामाङलाई पहिलो सन्तानको रुपमा पुत्रलाभ

कलाकार बुद्धि तामाङ पहिलो सन्तानको रुपमा छोराको बाबा बनेका छन् ।

शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा उनकी पत्नी अनु थिङले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।२ वर्षअघि विवाह गरेका बुद्धि र अनु पहिलो सन्तानलाई स्वागत गर्न पाउदा अस्पातल बाटै खुशी व्यक्त गरेका छन् । अहिले बच्चा र आमाको स्वास्थ्य नर्मल नै रहेको तामाङले मेरो फिल्मलाई जानकारी दिए ।