सौगात र सृष्टि ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् ।

हालै फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्म ‘विनोद’ मा पनि सहकार्य गर्ने भएका हुन् ।

सौगातको अभिनय रहने जानकारी दिँदै फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको थियो । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् । फिल्मको छायांकन आगामी मंसिरमा गरिने बताइएको छ ।

फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगाएको पनि अभिनय रहनेछ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पीताम्बर’को छायांकनमा व्यस्त रहेका सौगातले ‘विनोद’भन्दा अघि ‘बलिदान’ र ‘कल्ली’को छायांकन भ्याउनेछन् ।