हरियो धनियाँका फाइदा

हामीले दैनिक जीवनमा प्रयोग गरिआएको धनियाँ तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ । हरियो धनियाँ मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन सकिन्छ ।

धनियाँ को बीजमा फाईटोन्युट्रियन्टस् भन्ने पोषण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो । यसमा म्यागनीज, आईरन,  म्याग्नेसियम धेरै मात्रामा हुन्छ ।

यसमा भिटामिन सी र प्रोटिनहरू पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्सियम, फस्फोरस, पोटासियम, थायमिन र क्यारोटीन पाइन्छ ।

सबैको भान्छामा हरेक दिन प्रयोग गरिने धनियाँमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसका साथै हरियो धनियाँको पातलाई राम्रोसँग पिसेर छानेको रसलाई आधा गिलास पानीमा मिसाएर पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ ।

आधा गिलास तातो पानीमा दुई चम्चा धनियाँको धुलो मिसाएर पिउनाले पेट दुखेको निको गर्छ । हरियो धनियाँ नियमित रूपमा प्रयोग गर्दा आँखा तेज हुन्छ । यसैगरी एक चम्चा धनियाँको रस बेसारमा मिसाएर लगाउनाले अनुहारको छालामा चमक ल्याउँछ साथै अनावश्यक पिम्पल तथा दागहरू पनि हटाउँछ ।

हरियो धनियाँको पातको रस पिउँदा टाइफाइडका बिरामीलाई लाभ मिल्छ ।धनियाँ खाँदा शरीरमा सञ्चय भएका  विकार शरीर बाहिर निस्किन्छ र  रगतलाई शुद्धीकरण पनि गर्छ ।

हरियो धनियाँले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनियाँ मिसाएर खाँदा राम्रो हुन्छ ।

आँखा सम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । धनियाँको पातले हाम्रो शरीरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउँछ । लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ ।