अल इत्तिफाकविरुद्ध अल नासरकाे ३-० को शानदार जित

साउदी प्रो लिग फुटबलमा अल इत्तिफाकविरुद्ध अल नासरले ३-० को शानदार निकालेको छ ।

शुक्रबार राति इत्तिफाकको घरेलु मैदान अब्दुल्लाह अल दबिल स्टेडियममा भएको खेलमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित नासरले ३-० को फराकिलो जित निकालेको हो ।

नासरका लागि क्रिष्टियानो रोनाल्डोले ३३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा सलिम अल नाज्दी र ७० औं मिनेटमा तालिस्काले एक-एक गोल गर्दै जित दिलाए । यसअघि लगातार तीन खेलमा जित निकालेको इत्तिफाक यो खेलमा भने आफ्नै मैदानमा नासरसँग स्तब्ध बनेको हो । नासरका लागि भने यो जित निकै अर्थपूर्ण रह्यो ।


प्रतियोगितामा चार खेल खेल्दा दुईमा बराबरी र दुईमा जित निकालेको नासर अंक तालिकामा चौंथो स्थानमा अडिएको छ । इत्तिफाक ९ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबारै भएको अर्को खेलमा अल अहिल एससीले दमाकविरुद्ध ४-२ अन्तरको जित निकालेको छ भने त्यसअघि शुक्रबारै भएको अल खालिज र अल फड्याबीचको खेल बराबरीमा टुंगिएको थियो ।