डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, ५ असोज :  डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो।

उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै कैलालीमा करेन्ट लागेर बालककाे मृत्यु भएको छ।

जिल्लाकाे चुरे गाउँपालिका-१ शिवनगर बस्ने पाँच वर्षीय आकाश क्षेत्रीकाे करेन्ट लागेर मृत्युु भएकाे प्रहरीले जनाएको छ।

क्षेत्रीलाई घरमा काेही नभएका बेला खेल्ने क्रममा पानी तान्ने माेटरले करेन्ट लाग्दा घाइते भएका थिए।

उनकाे निसर्गमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले बताए।

क्षेत्रीकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।