उडिरहेको जहाजकाे यात्रुले खानामा जिउँदो मुसा भेटेपछि...

 उडिरहेको जहाजका यात्रुले खानामा जिउँदो मुसा भेटेपछि आकस्मिक अवतरण गराइएको छ ।

स्क्यान्डिनेभियन एयरलाइन्स (एसएएस) ले बुधबार उडान भइरहेकै बेला यात्रुको खानाबाट मुसा बाहिर निस्केपछि आफ्नो एउटा उडानलाई आपतकालीन अवतरण गर्नुपरेको जानकारी दिएको छ । बीबीसीका अनुसार नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालागाका लागि उडेको उक्त विमान डेनमार्कको कोपेनहेगनमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो । 

एसएएसका प्रवक्ता ओस्टिम स्मिटले भनेका छन्, 'कम्पनीको प्रक्रियाअनुसार डाइभर्सन गरिएको हो । मुसाका कारण सुरक्षा जोखिम भएपछि आकस्मिक अवतरण गर्नुको अर्को विकल्प थिएन ।'