संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट पक्राउ परेका एकजनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

 संविधानको विरोध गरेको आरोपमा काठमाडौँको माइतीघरबाट पक्राउ परेका एकजनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।

असोज ३ गते पक्राउ परेका पर्वतको पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुषाललाई राज्यविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।भुषाललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ५ दिनको म्याद दिएको छ । उनीमाथि प्रहरी वृत सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।