सुरुङ खनेर घरभित्र पसेर चोरी

रौतहटमा सुरुङ खनेर घरभित्र परेर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा घरमा सुरुङ खनेर चोरी भएको थियो।स्थानीय चन्देश्वर दास तत्मा, लक्ष्मी दास र रामनारायण साहको घरमा सेन काटेर सुरुङ बनाई चोर घरभित्र पसेर चोरी गरेका थिए।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटकै गरुडा नगरपालिका ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षका जिआउल हकलाई पक्राउ गरेको रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन्।उनलाई बिहीबार पक्राउ गरेको र बुधबार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

उनले घरभित्र रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोवाइल चोरी गरेको पनि डीएसपी गिरीले बताइन्।