चार सचिवको सरुवा,काे कहाँ पुगे ?

सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिएको छ। यसअघि उनी जल तथा उर्जा आयोगमा थिए।

पछिल्लो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।वन तथा वातवरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विकासमा सरूवा गरिएको छ।

यस्तै कृषि सचिव डा. दीपककुमार खललाई वन मन्त्रालयको सचिवमा सरूवा गरिएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका गोपालप्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सारिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बताए।