तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?

आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरमा चढाएको लड्डुलाई लिएर विवाद सुरु भएको छ। तेलुगु देशम पार्टीले एउटा रिपोर्टलाई उद्धृत गर्दै प्रसादको लड्डुमा जनावरको बोसो भरिएको दाबी गरेको छ।

अहिले काङ्ग्रेस नेता तथा सदनमा विपक्षका नेता राहुल गान्धीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेर प्रतिक्रिया दिएका छन्।"तिरुपतिको श्री वेङ्कटेश्वर मन्दिरमा प्रसादमको अपमान भएको खबर चिन्ताजनक छ।""भगवान बालाजी भारत र विश्वभरका लाखौँ भक्तहरूद्वारा पूजनीय छन्। यस मुद्दाले प्रत्येक भक्तलाई चोट पुऱ्याउनेछ र यसको राम्ररी अनुसन्धान गर्नुपर्छ।”

"देशभरका धार्मिक स्थलहरूको पवित्रताको रक्षा गर्नुपर्छ।"