कैलालीमा खैरो हेरोइनसहित २ जना महिला पक्राउ

 कैलालीमा खैरो हेरोइनसहित २ जना महिला पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहबाट खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोली खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय राममति राना र सोही ठाउँ बस्ने २२ वर्षीय करिना राना रहेका छन् । उनीहरुको साथबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।