कोसी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य

कोसी प्रदेशसभाको पाचौँ अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ।

बर्खे अधिवेशनका रूपमा गत जेठ ११ गते सुरू भएको यो अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाको बैठकमा दिएका थिए। उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय शुक्रबारको प्रदेशसभा बैठकमा पढेर सुनाएका थिए।