प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पूरक अभियोग लैजाने

 प्रहरीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा रविविरुद्ध प्रमाण संकलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको एक अधिकारीले जानकारी दिए ।प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’ दिइएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा रवि संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ ।

समितिले संसदमा बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालकहरू अध्यक्ष गितेद्रबावु (जीबी)राई, सदस्य कुमार रम्तेल तथा प्रबन्ध निर्देशक रवि र सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा चल्ने भएको छ ।