धनराज गुरुङमाथि कारबाही गर्न संसदीय छानबिन समितिकाे निर्देशन

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीहरुमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै धनराजमाथि छानबिनका लागि निर्देशन दिएको हो ।