एभरेस्ट वुमन्स भलिबल लिग : कर्णाली यश्विजबाट खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् ।

बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ सम्पन्न गरिएको थियो । ट्रफि अनावरणपछि यश्विजले ग्याब्रीएलबारे घोषणा गरेको हो । 

रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ बाट खेल्न लागेकी ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन् । उनले राष्ट्रिय तहको थुप्रै खेलहरु खेलिसकेकी छिन् । खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिममा आफु जोडिन पाउँदा खुसी लागेको बताएकी छिन । नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न पाउँदा आफुलाई गर्वान्वित महशुस भएको बताइन् । 

‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुँदैछ । लिगमा ६ टोलीको सहभागितामा हुनेछ । कर्णाली यश्विज टिमबाट प्रशिक्षकमा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षककुमार राई छन् । उनी ’न्यु डाइमन्ड युथ स्पोट्स क्लब’ को प्रमुख अध्यक्ष समेत हुन् । 

उनको प्रशिक्षन र ग्याब्रीएल बेन्डाको साथ र समर्थनले कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन । कर्णालीको टिमबाट सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने छन् ।