एभरेस्ट वुमन्स भलिबल लिग : चितवन शक्तिले रसियाकी अन्ना डिमित्रीभालाई भित्र्यायाे

 एभरेस्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ ।

पहिलो पटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्निले कारण बस टिममा आउन नसक्ने बताएपछि चितवनले रसियन खेलाडीलाई भित्र्याएको हो ।

२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउनलागेकी हुन् ।उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ । चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ। अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।

चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन ।