सांघाईमा ७५ वर्षकै ठुलो आँधी

चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

बिहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । तर ठुलो क्षतिका घटनाहरू भएका छैनन् भने आँधीको वेग कम हुँदै गएको छ । 

पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघण्टाको वेगमा अवतरण गरेको थियो । जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरू खाली गराइएको छ । ७५ वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो ।

केही दिनअघि बेबिनकाको आँधीले विध्वंस मच्चाए लगत्तै दोस्रो आँधी आएको हो । सन् १९४९ यस्तै किसिमको शक्तिशाली आँधी आएको एजेन्सीहरूले जनाएका छन् ।