रवि लामिछानेसँग संसदीय समितिकाे ५१ वटा प्रश्न ,के–के छ ? (सवाल–जवाफसहित)

सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।  शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । 

उनलाई समितिले ५१ प्रश्न सोधेका थिए । बयानमा रविले आफुलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् ।

साथै उनले बयानमा जीवी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् । उनले सहकारीबाट एक रुपैयाँ नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो विज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताएका छन् ।