ई.रिक्साको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

गरूडा नगरपालिका–४ स्थित सडकमा गरूडाबाट शिवनगरतर्फ जाँदै गरेको म.प्र.– ०३–००१ ह ३४१४ नम्बरको ई.रिक्साको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राम साह रौनियारको बिहीबार राती मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड अस्पताल गरूडा हुँदै एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ई. रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी रौतहट, कटहरिया नगरपालिका–४ स्थित सडकमा कटहरियाबाट गम्हरियातर्फ जाँदै गरेको म.प्र.–०३–०२८ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ डुमरिया बस्ने २६ वर्षीय रामजनम पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।