कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री सिंहलाई

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका सिंहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री सिंहले सम्हाल्नेछन् ।