काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत फेला

काठमाडौँ, ४ असोज :काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् ।

छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।