नेपाल पुलिस क्लब एक खेल अगावै महिला क्लब च्याम्पियसिपको फाइनल

 नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ।

बिहीबार घरेलु टोली माल्दिभ्सको वाम्कोमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गरेको हो।

पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो। तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्बायो।

पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो।

जितसँगै ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ। पुलिसले यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो ।

पुलिसले शुक्रबार लिग चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ।