सीमित कर्मचारीको घेराभित्रबाट चल्दा प्रधानन्यायाधीश श्रेष्ठको कार्यकाल विवादित, अझै न्यायाधीश नियुक्तिको जोडबल

काठमाडौँ, ४ असोज : सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । प्रधान न्यायाधीश सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ । 
सुनुवाइ समितिको बिहीबार बसेको बैठकले राउतविरुद्ध उजुरी भए समितिलाई उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।

गत सोमबार बसेको संवैधानिक परिषद् बैठकले राउतको नाम सर्वसम्मत सिफारिस गरेर संसदीय सुनुवाइ समितिमा पठाएको थियो । समितिले सुनुवाइका लागि १५ दिनको समय तोकेर उजुरी आह्वान गरेको छ । प्राप्त उजुरीमा समितिले छलफलपछि मात्र सुनुवाइका लागि राउतलाई बोलाउने छ ।

यी प्रक्रिया पूरा हुनका लागि कम्तीमा असोज महिनाभर लाग्ने देखिन्छ । संसदीय सुनुवाइ समितिले १५ दिनको समय दिएर सूचना जारी गर्ने र यसबीचमा दसैँको बिदासमेत भएका कारण यो महिनाको अन्तिमसम्म उनको नाम अनुमोदन हुने-नहुने निर्णय हुने देखिन्छ । समितिले दुई साता लामो अवधि उजुरीका लागि किन दियो भन्ने पक्ष आश्चर्यजनक छ ।

प्रधान न्यायाधीशको सिफारिस भएर सुनुवाइ प्रक्रिया भइसक्दा श्रेष्ठ भने न्यायाधीश नियुक्तकै जोडबलमा देखिन्छन् । हाल सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ भने वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ इजलास बस्न छाडेका छन् । उनले असोज २० गतेदेखि अनिवार्य अवकाश पाउने भएकाले भदौ २० गतेदेखि मुद्दाको सुनुवाइबाट आफूलाई अलग राखेका हुन् । सर्वोच्चमा मुद्दा हेर्ने न्यायाधीशको सङ्ख्या १६ जनामा झरेको छ ।

यही कारण देखाउँदै प्रधान न्यायाधीशले सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पदमा तत्काल सिफारिस गर्ने जोडबल गरिरहेका छन् । बारको चर्को विरोधका बाबजुद उनी केही कर्मचारीको स्वार्थ र इसारामा न्यायाधीश नियुक्ति नगरी नछाड्ने हठ देखाइरहेका हुन् । 

श्रेष्ठले भदौमा न्यायपरिषद्को बैठक डाकेर रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने योजना अघि सारेका थिए । तर, न्यायपरिषद नियमावली नसच्याएसम्म नियुक्ति गर्न नदिने भन्दै नेपाल बार एशोसिएशनले विरोध थालेपछि परिषद्को बैठक बस्न सकेन । उच्च अदालतमा १६ न्यायाधीश रिक्त छ ।

गत भदौ १४ देखि परिषदमा धर्ना दिएर बारले आन्दोलन गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो । बारलाई मनाउन बार बेञ्च समन्वय समितिको बैठक बोलाएर कार्यदल समेत गठन भएको थियो । उक्त कार्यदलमा पनि विवाद भएर दुईथरी प्रतिवेदन पेस भए ।

वरिष्ठतम न्यायाधीश राउतको अध्यक्षतामा बार र बेञ्चको मतभेद सुल्झाउन बनेको अध्ययन समितिले नियमावली संशोधन हुनुपर्ने र गर्न नसकिने भनी दुई थरीको प्रतिवेदन दिएको थियो । समितिमा बेञ्चका तर्फबाट राउतका अतिरिक्त परिषद्का सदस्य रामप्रसाद भण्डारी तथा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले अलगअलग प्रतिवेदन प्रधान न्यायाधीश श्रेष्ठलाई बुझाएका थिए । उक्त प्रतिवेदनमा छलफल गर्न भन्दै श्रेष्ठले बैठक बोलाइरहेका छन् । त्यहीबीचमा नियुक्तिमा सहमति गराउने उनको दाउ देखिएको छ । 

उनको यो पूरा हुन नदिन राउतले भूमिका खेल्नुपर्ने देखिन्छ । उनी न्यायाधीशबाट प्रधानन्यायाधीश सिफारिस भइसकेकाले विवादित निर्णयमा हात हाल्नुहुँदैन । पछि गएर आफ्ना पालामा मात्र नियुक्ति गर्नुपर्छ । यसअघि श्रेष्ठले पनि हरिकृष्ण कार्कीविरुद्ध यस्तै रणनीति अपनाएर निर्णय गर्न दिएका थिएनन् । राउतले पनि त्यही रणनीति अपनाउनुपर्छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

अदालतका बहस प्रत्यक्ष प्रसारण गर्न माग राख्दै दायर भएको रिटमा सर्वोच्चकाे कारण द…

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटीमा छुटे

बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इन्सपेक्टर विदुर सिवाकोटी धरौटी…

एमाले  नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

एमाले नेता महेश बस्नेतले बलात्कारको मुद्दामा पाए सफाइ

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

नेपाल पर्यटन बोर्डको सीइओ नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका  सिद्धबाबाले  उच्च अदालत विराटनगरबाट पाए सफाइ

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबाले उच्च अदालत विराटनग…

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन : सर्वोच्च

डीएनए परीक्षणबाट जैविक बाबुको पहिचान हुन सके पनि पितृत्व निर्धारण हुन सक्दैन…