आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ, ४ असोज : मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । 

जसको प्रभावले हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।   

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ।  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।