अनेरास्ववियुका अध्यक्ष समिक बडाल न्यूयोर्क उडे

 नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडाल न्यूयोर्क उडेका छन्। उनी उता उडेपछि अहिले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीले पाएका छन्।

अध्यक्ष समिक बडाल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मिट अफ द फ्युचर एक्सन डे कार्यक्रममा सहभागी हुन गएपछि गिरीले कावा जिम्मेवारी पाएका हुन्।विधानको धारा ११ (२) को ख अनुसार कार्यसम्पादनका लागि संगठनको विधानको धारा ३१ (ज) बमोजिम असोज २ गतेबाट लागू हुने गरी जिम्मेवारी दिइएको बडालले जनाएका छन्।

अध्यक्ष बडाल नफकिँदासम्म गिरीले कार्यवाहक जिम्मेवारी सम्हाल्नेछन्।