लेबनानका प्रधानमन्त्रीले इजरायली आक्रमण नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघलाई गरे आग्रह

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले संयुक्त राष्ट्र सङ्घलाई इजरायलविरुद्ध "कडा कदम" चाल्न आह्वान गरेका छन्।

यस हप्ता लेबनानमा उपकरणहरूको विस्फोटको पछाडि इजरायलको मोसाद जासुसी एजेन्सी रहेको थुप्रै रिपोर्टहरूले सुझाएका छन्।लेबनानका प्रधानमन्त्रीले यस्तो बताएका हुन्। "इजरायली आक्रमणको अन्त्य लेबनानको कल्याणको पक्षमा मात्र होइन, सम्पूर्ण मानवताको कल्याणको पक्षमा पनि छ", लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले एक विज्ञप्तिमा भने। "

मिकातीले इजरायललाई "प्राविधिक युद्ध" चलाएको आरोप लगाए। उनको टिप्पणी शुक्रबार संयुक्त राष्ट्रसङ्घको बैठकअघि आएको हो।बैठकलाई लेबनानमा भएको विस्फोटबारे छलफल गर्न अनुरोध गरिएको छ।