आर आश्विनकाे शतकमा  बंगलादेशविरुद्ध बलियाे स्थीतिमा भारत

 भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।

भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिकेटमा यो छैटौँ शतक हो ।

केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौँ विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् ।जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।