दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अुनसार आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेको हुन सक्छ।

मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पताल पुर्याउँदा चिकित्सकले दुबैजनाको मृत्यु भइसकेको पुष्टि गरेको थियो।