भारतीय सांसदले लगाएकाे नेपाली टोपीकाे चर्चा

 भारतीय सांसदले नेपाली टोपी लगाएपछि चर्चाको विषय बनेको छ। सुदूरपश्चिम नेपालको छिमेकी भारतीय प्रान्त उत्तराखण्डका एक सांसदले नेपाली टोपी लगाएको विषयले चर्चा पाएको हो।

हिजोमात्रै भारतीय जनता पार्टीका पूर्व प्रदेश अध्यक्ष, पूर्व केन्द्रीय राज्यमन्त्री तथा नैनीताल लोकसभा निर्वाचन क्षेत्रका सांसद अजय भट्ट टनकपुरमा आएका थिए। सो क्रममा स्थानीयले उनलाई नेपाली झण्डा अंकित टोपी लगाइदिएका थिए।

नेपाल र भारतको सीमा समेत रहेको टनकपुरमा उनलाई पुष्पगुच्छाले स्वागत गरिएको थियो। त्यहाँ उनले नेपाली टोपी लगाएको सवालले नेपालमा पनि चर्चा पाएको छ।