विश्वकप लिग २ : टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग २ प्रतियोगितामा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, राति २०:४५ बजे सुरु हुनेछ ।

खेलमा ओमानले टस जितेरले पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिले ब्याटिङ गर्नेछ ।नेपालका लागि ओमान परिचित प्रतिद्वन्द्वी हो। तर, एकदिवसीय खेलको तथ्याङ्कमा नेपालभन्दा ओमान केही बलियो देखिन्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबिच हालसम्म कुल सात खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा ओमानले नेपाललाई हराएको छ । बाँकी तीन खेलमा नेपालले ओमानलाई हराएको छ ।

पछिल्लो पटक सन् २०२३ को अप्रिल २१ तारिखमा नेपाल र ओमानबिच एसिया कप क्वालिफायरका क्रममा एकदिवसीय खेल खेलिएको थियो। त्यो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।
क्यानडा भ्रमणका क्रममा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो। यसअघि सोमबार राति खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक राष्ट्र क्यानडासँग एक सय तीन रनको ठुलो अन्तरले पराजित भएको थियो ।